<

बज्जिकाञ्चल,रौतहट,१३ गते ।

गौर–रौतहटको गौर नगरपालिकामा भइरहेको मेयर कप क्रिकेट प्रतियोगिता आज दुुइ खेल सम्पन्न भएका छन् । पहिलो खेल वडा नम्बर ४ र ८ बिच भएको छ भने दोस्रो खेल वडा नम्बर ३ र ७ बिच भएको हो ।

No description available.

दुवै खेलमा क्रमशः वडा नम्बर ४ र ३ विजयी भएका छन् । पहिलो खेलमा वडा नम्बर ८ को टिमले टस जितेर पहिले ब्याटिङ्ख गर्दै १० ओभरमा ६ विकेट गुमाउँदै ६० रन बनाएको थियो । जवाफी ब्याटिङ्ख गर्दै वडा नम्बर ४ को टिमले ८ ओभर ३ बल खेल्दै विजयी लक्ष्य प्राप्त गरेको थियो ।

No description available.

उसको तर्फ बाट धर्मेन्द्र यादवले २ ओभर बलिङ्ख गर्दै १२ रन खर्चेर ४ विकेट लिइ मैन अफ द मैच घोषित भएका थिए । त्यस्तै आजै भएको दोस्रो खेलमा वडा नम्बर ३ ले जित हात पारेको छ । वडा नम्बर ७ को टिमले टस जितेर पहिले ब्याटिङ्ख गर्दै १९ ओभर १ बलमा १ सय ६ रनमै पुरै टिम समेटिन पुुग्यो ।

No description available.

जवाफी ब्याटिङ्ख गर्दै वडा नम्बर ३ को टिमले १२ ओभर २ बलमा १ सय ८ रन बनाइ विजयी भएको थियो । खेलमा विवेक साहले ३३ बलमा ६० रन नटआउट रहँदै मैन अफ मैच घोषित भएका थिए । नगर स्तरीय क्रिकेट खेलाडी छनौट गर्ने उदेश्यले सो प्रतियोगिता चलिरहेको छ । प्रतियोगितामा नगरभरिको ९ वटा टिमको सहभागिता रहेको छ । सो क्रिकेट प्रतियोगिता माघ २२ गते सम्म चल्ने रौतहट क्रिकेट संघका प्रेस संयोजक प्रविण टिबडेवालले जानकारी गराएका हुन् ।

No description available.

रौतहट जिल्ला क्रिकेट संघको समन्वय तथा गौर नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो । क्रिकेट खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको गराइएको हो । संयोजक टिबडेवालले दिएको जानकारी अनुसार प्रतियोगितामा विजेता हुने टिमलाई २५ हजार र उप विजेता हुने टिमलाई १५ हजार नगद पुरस्कार दिइने छ ।

No description available.

प्रत्येक खेलमा म्यान फ द म्याच हुनेलाई १५ सय, म्यान अफ द सिरिज हुनेलाई ५ हजार, वेस्ट बलरलाई २१ सय, वेस्ट ब्याट्स म्यान लाई २१ सय र वेस्ट किपरलाई २१ सय नगद पुरस्कार र सिल्ड कप लगायत प्रदान गरिने उनले बताए । भोलीको खेल वडा नम्ब।र ३ र ९ को टिम बिच हुनेछ भने अर्को खेल वडा नम्बर ६ र १ को टिम बिच हुने रौतहट जिल्ला क्रिकेट संघले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0