<

 बज्जिकाञ्चल,१४ गते माघ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा सरमुजवाको २९ औ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । आज उपशाखाका सभापति तेज नारायण यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा बौधीमाइ नगरपालिकाको नगर प्रमुख प्रदीप कुमार यादव रहनु भएको थियो ।

उपशाखा उपसभापति शिवजी कुशवाहाले स्वागत मन्तव्य राखेका थिए भने उपशाखाका सचिव रामनारायण कुशवाहाले बार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए । संस्थाका कोषाध्यक्ष सोना लाल बैठाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्न भएको थियो । संस्थाका पदाधिकारी सदस्य, आजीवन सदस्य,साधारण सदस्य महिला समेतको उपस्थितिमा वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन र आगामी प्रस्तावित कार्यक्रम पारित सहित कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम संचालन आजीवन सदस्य एवम् स्वास्थ्यकर्मी कौस्तुभमणी साहले गर्नु भएको थियो । कार्यक्रममा बिशिस्ट अतिथि रौतहट जिल्ला शाखाका सभापति राज किशोर प्र. यादव, अर्का विशिष्ट अतिथि नगर उप प्रमुख प्रमिला जयसवाल, वडा नं ९ को वडा अध्यक्ष मुक्तिनारायण मिश्र ,८ नम्बर का वडा अध्यक्ष बिन्देश्वर यादव, ३ नम्बरका वडा अध्यक्ष कार्यपालिका सदस्य सुनिल जयसवाल,पुर्व वडा अध्यक्ष वडा नम्बर ७ का विजय कुशवाहा,मन्त्री धर्मेन्द्र प्र . सिंह लगायत स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0