<

मस्को, १२ माघ ।

रुसी अदालतले क्रेमलिन समर्थक सैन्य ब्लगरको हत्या गरेको आरोपमा एक महिलालाई २७ वर्षको जेल सजाय सुनाएको छ ।

मस्कोले युक्रेनको योजनामा भएको सो आक्रमणमा प्रख्यात अति राष्ट्रवादी ब्लगरको हत्या गरेको अभियोगमा रुसी अदालतले युद्धविरोधी कार्यकर्ता दर्या ट्रेपोभालाई २७ वर्षको जेल सजाय सुनाएको हो।

 

गत वर्ष अप्रिलमा भ्लाडलेन टाटारस्कीलाई सेन्ट पिटर्सबर्गको एक क्याफेमा मारिएको थिए, जब ट्रेपोभाले उनलाई विस्फोटकले भरिएको सानो मूर्ति उपहार दिएकी थिइन्। उपहार ग्रहण गर्ने क्रममा भएको बिष्फोटामा परी टाटारस्कीको घटनास्थलमै मृत्यु भएको थियो ।

जुन मुद्धामा सेन्ट पिटर्सबर्गको अदालतले बिहीबार ट्रेपोभालाई आतंकवाद अभियोगमा दोषी ठहर गरेको हो ।

 

२६ वर्षीया युवतीले आफूले जान बूझकर टाटारस्कीलाई नमारेको जनाएकी छिन । तर, आफूले दिएको वस्तु गोप्य सुन्ने यन्त्र हो भनेर विश्वास नगरेको अदालतमा बताएको रुसी सञ्चारमाध्यमले जनाएका छन ।

यस हप्ताको सुरुमा उनले अदालतलाई बताइन् कि उनले सो कार्य युक्रेनका एक व्यक्तिको आदेशमा गरिरहेकी थिइन्, उनलाई धेरै महिनादेखि ती ब्यक्तिले पैसा र निर्देशनहरू पठाउने गरेका थिए ।

 

‘मलाई ठूलो पीडा र लाज लागेको छ कि मेरो मूर्खता र मेरो सानो गल्तीले त्यस्ता विनाशकारी परिणामहरू निम्त्यायो। म कसैलाई चोट पुर्याउन चाहन्न, चाहदैनथे तर दुर्भाग्यपुर्ण रुपमा सो घटना घटयो,’ ट्रेपोभाले अदालत समक्ष भनेकी थिइन ।

 

उनले अगाडी भनिन, ‘युक्रेनीहरूसँग सहकार्य गर्ने उनको निर्णय युक्रेनमा रूसको सैन्य आक्रमणको विरोधबाट प्रेरित भएको थियो,’ उनले अदालतमा भनेकी छिन । तर, युक्रेनी योजनामा आफु चल्दा धेरै क्षति हुन्छ भन्ने कल्पनासमेत नगरेको उनको जिकिर अदालतमा पेश भएको छ ।

 

सेन्ट पिटर्सबर्ग क्याफेमा भएको उक्त विस्फोटमा अन्य ३० जनाभन्दा बढी घाइते भएका थिए ।

ट्रेमोभाले अदालतलाई बताइन् कि उनले युक्रेनमा आफ्नो ह्यान्डलरलाई मूर्ति बम हो कि ? भनेर स्पष्ट रूपमा सोधेकी थिइन्। तर, उनले होइन भन्ने जवाफ दिए पछि उनले सो मुर्ति उपहारको रुपमा प्रदान गरेको जनाएकी छिन । मृतक भ्लादेन टाटरस्की राष्ट्रपति पुटिनका कट्टर समर्थक थिए । न्युजकारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0