<

 राैतहट,११ गते माघ ।

राैतहटकाे मौलापुर नगरपालिका-५ स्थित ब्रह्म माई मन्दिर निर्माणका लागि ब्रह्म स्थानमै भेला भएर पारदर्शी रूपमा आम भेलाबाट ९ सदस्यीय उपभोक्ता समिति र ५ सदस्यीय अनुगमन समिति गठन गरिएको छ ।

वडा नम्बर ५ का वडाध्यक्ष चन्द्रशेखर प्रसाद साहको अध्यक्षतामा भएको उक्त भेलामा कार्यपालिका सदस्य सुनिल साह, वडा सदस्य जितलाल साह, शिक्षक रामविनय साह लगायत पतौरा टोलका आम जनसमुदायको उपस्थिति रहेको थियो ।

५ दिन भित्र निर्माण कार्य शुरु गरिने र निर्माण पश्चात् योजनाको वास्तविक खर्च आम भेला मार्फत सार्वजनिकिकरण गर्ने निर्णय समेत भएको माैलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0