<
वीरगंज,११ गते माघ ।
पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं २३ प्रसौनी बिर्ताका दलित बस्ति करिब ६५ घर बाटोबाट वन्चित भएका छन्।बाटोको निकास खोज्दा दलित बस्तिका कृष्ण पासवानको टाउको फुटाएका छन्। प्रसौनी बिर्ता निवासि कृष्णा पासवानका अनुसार करिब १५ /२० बर्ष भन्दा बढिनै देखि पुरखौ देखि ६५ घर बाटो बाट आउन जानबाट बन्चित भएको बताएका छन्।
प्रसौनी बिर्ताको मेनरोडबाट दलित बस्तीमा जाने दुइ दिसा तर्फको बाटो रहेको छ एउटा पुर्बबाट दलित बस्तीमा जाने बाो छ भने दोस्रो पश्चिम तर्फ नहर बाटोबाट जाने बाटो छ त्यस दुबै बाटो सार्वजानिक बाटो नभएर निजि जग्गा भएकाले जग्गा वालाले कहोले काहि बिबाद गरिरहन्छ कि मेरो जग्गा भएर नजाउ भनेर सध्यौ देखि बिबाद हुदै आइरहेको छ।त्यो बाटो बिबादको कारण करिब ६५ घर धुरी बाटो बिहिन भएर स्थानिय सरकार सँग बाटोको गुहार गरिरहेका छन् तर स्थानिय सरकार सुनिरहेको छैन भनि स्थानिय कृष्ण पासवानले बताए।
अहिलेको कायममुकायम बाटो भनेको पैदल र साइकल मोटरसाइकल जान सक्ने बाटो छ तर एम्बुलेन्स,एट्रयाक्टर, बारुण यन्त्र,जिप जाने बाटो नै नरहेको कृष्ण पासवानले बताए। दलित बस्तीका करिब ६५ घर धुरिका मतदातालाई प्रत्येक स्थानिय प्रदेस,सांसद चुनावमा मेरो पार्टीलाई मत दिनु मेरो पार्टीले सडकमा भएको भखारी हटाइ दिन्छ र बाटो फराकिलो बनाइ सार्वजिक बाटो बनाइ दिन्छ ठुलो ठुलो आसवासन दिन्छन् तर चुनाव जितिसके पछि कुनै पनि निर्बाचित उम्मेदवार ले त्यस बाटो तर्फ ध्यान दिदैन।
जसपाबाट निर्वाचित पुर्व महानगर प्रमुख बिजय सरावगीले मेन रोडबाट दलित बस्तीमा जाने पुर्ब र पश्चिम तर्फ बाट बाटोमा ग्रेबल खसालि बाटो फराकिलो पारेका थिए आउन जान सजिलो भएको थियो तर पछि गएर फेरी पुर्ब र पश्चिम तर्फका जग्गा धनिले बाटो बन्द गरे आउन जानमा जग्गा धनिहरु सँग वादविवाद गर्दै आउदै जादै गरेको कृष्ण पासवानले बताए। साथै उक्त बाटोको बारेमा वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह,नगर उप प्रमुख इम्तियाज आलम सँग भेटघाट गरेर त्यो बस्तिको बारेमा बाटोको समस्या समाधानका लागि पहल गरिदिनु धेरै कठन छ गुहार गर्दा पनि स्थानिय सरकारको ध्यानाकर्षण नभएको कृष्ण पासवानले बताए।
त्यस दलित बस्तिका मतदाताहरुले निर्बाचित उमेदवार काहा बाटो बारे कुरा गर्न जादा हामि लाइ तपाइको जातिले मत नै दिएको छैन् कसरि हामि त्यो बाटो फराकिलो र बाटो सार्वजनिकरण गर्न जाउ तपाइहरु त अरु पार्टीलाई मत दिनु हुन्छ भनि ढाटेर कुरा गर्छन भनि स्थानिय कृष्ण पासवानले बताए ।एक चोटी निर्बाचित उम्मेदवार र गाउले भद्र भलादमीहरुले भने तपाईंले आफनो बस्ति भित्रको सार्वजनिक बाटो गर्न जग्गा किता काट गर्न एकाठा पार्नु हामि पुर्ब र पश्चिम तर्क बाट सार्वजनिक बाटो किताकाट गराइदिनछौ ।
उहाहरुको कुरा मानि आफनो बस्तिको जग्गको सार्वजनिक बाटो किताकाट गर्न तयार पारि दिएको छु तपाइहरु पुर्ब र पश्चिम तर्कको जग्गाको सार्बजनिक बाटो किताकाट गराइदिनु गुहार गर्दा गर्दै थाकेको कृष्ण पासवानले बताए। दलित बस्तीबाट सार्बजनिक बाटोको लागि किताकाटको प्रमाण जुटाएकाछौ म पत्रकार सम्मेलन गर्न गइरहेको छु भने पछिे पुर्व र पश्चिम तर्कको जग्गा धनिहरु ले आफै म माथि आक्रमण नगरि अरुको माध्यमबाट मलाइ दबाउनको लागि म माथि रड प्रहार गरि टाउको फुटाएको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1