<

घोराही, ११ माघ ।

राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी विजयी भएका छन्।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसकी विष्णुदेवी सापकोटा विजयी भएका हुन्। सुवेदी अन्यतर्फ र सापकोटा महिला कोटामा विजयी भएका हुन्।

घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको परिसरमा भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार झपेन्द्रबहादुर घर्ती क्षेत्री र तुलसा केसीलाई पराजित गर्दै सुवेदी र सापकोटा विजयी हुनुभएको हो ।

निर्वाचनमा सुवेदीले ५ हजार चार सय ३५ मतभार प्राप्त गर्दै विजयी हुँदा सापकोटा ५ हजार चार सय ३५ मतभार प्राप्त गर्दै विजयी भइन्।न्युजकारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0