<

काठमाडौँ, ६ माघ ।

मधेश प्रदेशले जारी प्रधानमन्त्री कपमा कर्णाली प्रदेशलाई पराजित गरेको छ ।

 

शनिबार टियु मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले कर्णाली प्रदेशलाई ६१ रनले पराजित गरेको हो ।

 

मधेश प्रदेशले दिएको २३२ रनको लक्ष्य पछाएको कर्णाली प्रदेशले ४१.१ ओभरमा १७० रन बनाएर अल आउट भएको थियो । यसअघि पहिला ब्याटिंग गर्दै मधेश प्रदेशले ५० ओभरमा ९ विकेट गुमाएर २३१ रन बनाएको थियो ।

 

जारी प्रतियोगितामा मधेश प्रदेशको यो तेस्रो जित हो । मधेशको ५ खेलमा ६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै कर्णाली प्रदेशले भने दोस्रो हार बेहोरेको छ । कर्णालीको ४ खेलमा ४ अंकसहित सातौं स्थानमा रहेको छ ।

 

अब मधेश प्रदेशले सोमबार टियु मैदानमा सुदूरपश्चिमसँग खेल्ने छ भने कर्णाली प्रदेशले सोमबार नै मुलपानीमा बागमती प्रदेशसँग खेल्ने छ ।न्युजका्रखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0