<

रौतहट, ६ माघ ।

रौतहटका वृन्दावन नगरपालिकाको अधिकांश सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम बन्द भएको छ ।

सो पालिकामा विगत लामो समयदेखि कार्यकारी प्रमुख नहुँदा दिवा खाजा कार्यक्रम प्रभावित बनेको एकजना शिक्षकको भनाइ रहेको छ ।

 

दिवा खाजा प्रभावित बनेपछि सो पालिकाका सामुदायिक विद्यालयमा छ । विगत छ महिनादेखि उधारोमा खाजा खुवाइरहेको तर, भुक्तानी पाउन नसकेपछि उधारो दिने पसलहरुले पनि उधारो बन्द गरेपछि सो पालिकाका अधिकांश विद्यालयको दिवा खाजा कार्यक्रम प्रभावित बनेको छ ।

 

बालबालिकाको स्वास्थ्य अध्ययन अध्यापन गर्ने बालबालिकाको संख्या समेत घट्न थालेको शिक्षकहरूको भनाइ रहेको र पोषणलाई मध्यनजर गर्दै सरकारले प्रत्येक सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागु गरेको छ । बालबालिका कुषोषणको सिकार नहुन र विद्यालयमा नियमित उपस्थित गराउने उद्देश्यले दिवा खाजा संचालन गरेपनि वृन्दावनका समुदायिक विद्यालयमा भने, यो सेवा प्रभावकारी हुन सकेको छैन ।

 

वृन्दावनका एक प्रधानाध्यापकका अनुसार विगत लामो समयदेखि भुक्तानी नपाएका कारण उधारोमा खाजा खुवाउन नसकिने बताएका छन् । विगत ६ महिनामा करिब डेढ लाखको उधारो खाजा खुवाएको र सोको भुक्तानी आफ्नो खोतमा उत्पादन भएको धान बेचेर तिरेको प्रधानाध्यापकको गुनासो रहेको छ ।

 

उनले भने, अब कि त नगरपालिकाले उधारो मगाइदिनु पर्यो नत्र समयमै भुक्तानी दिनु पर्यो नभए हामी उधारोमा ल्याएर खाजा खुवाउन नसकिने बताए  न्युजका्रखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0