<
पुस ६,
प्राग– चेक गणतन्त्रको राजधानी प्रागको चार्ल्स विश्वविद्यालयमा गोली प्रहार गरि १४ जनाको हत्या गरिएको छ । गोलीकाण्डमा २५ जनाभन्दा धेरै घाइते भएका छन् ।
जवाफी कारवाहीमा गोली चलाउने व्यक्तिको ज्यान गएको त्यहाँको सुरक्षा निकायलाई उदृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
घटनाको कारण बारे केही खुलाइएको छैन । थप अनुसन्धान भइरहेको सुरक्षा अधिकारीले जनाएका छन् ।
चेकका राष्ट्रपति पेटर पावेलले चार्ल्स विश्वविद्यालयमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताएका छन् । बीबीसीले जनाए अनुसार उक्त विश्वविद्यालयका एक जना पूर्व विद्यार्थीले गोली चलाएका हुन् । प्रहरीले उनका बुवालाई समेत मृत फेला पारेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1