<

 

 राैतहट,पाैष ५ गते राैतहट।

मीडिया फार बॉर्डर हार्मनीको निमण्त्रणामा नेपालका पूर्व राजदूत लोकराज बरालकाे नेतृत्वमा एक नेपाली टोली भारतको मुजफ्फरपुर पुगेको छ । टोलीले मुजफ्फरपुरमा भारतका राष्ट्रपिता महात्मा गांधी र लोकनायक जयप्रकाश नारायण सग जोडीएका स्थानहरुको स्थलगत अध्ययन अवलोकन गरेका छन ।

नेपालका पूर्व राजदूत सामाजिक, राजनीतिक विश्लेषक प्रोफेसर लोकराज बराल र वरिष्ठ पत्रकार चंदकिशोर झा अध्ययन अवलोकनकाे हिसाबले भ्रमणमा आएको मीडिया फार बॉर्डर हार्मनीका संस्थापक अध्यक्ष अमरेन्द्र तिवारीले बताए । खासगरी लोकनायक जयप्रकाश नारायणको आंदोलनकाे सहयोगी रहेका समाजवादी‌ राजनीतिक, विचारक सच्चिदानंद सिन्हा संग मुशहरी मनिकामा भेटी जेपी आंदोलनको बारेमा जानकारी लिएका छन ।

यसको साथै बिहारको ऐतिहासिक शिक्षास्थल लंगट सिंह कॉलेज परिसरकाे भ्रमण पनि गरका छन । सो अवसरमा कालेजका प्रार्चाय डा ओपी रायले कॉलेज काे इतिहासिक विकास क्रम तथा वर्तमान स्थितिबारे जानकारी दिएका थिए । टोलीले कॉलेज परिसरमा रहेका गांधी कूप, गांधी पार्क , डॉ राजेंद्र पार्क र साहित्यकार रामधारी सिंह दिनकर पार्कको भ्रमण समेत गरेका छन । भारत नेपाल मैत्री सम्बन्धलाई लिएर पत्रकारहरुको संगठन मीडिया फार बार्डर हार्मोनी राम्रो प्रयास गरि रहेकोमा नेपाली टोलीले सराहना गरेका छन ।

जसको फलस्वरुप दुबै देशको बिचको सम्बन्ध र मजबूत बनाउन सहयोग पुगेको मीडिया फार बॉर्डर हार्मनीका अध्यक्ष तिवारीले दाबी गरेका छन । नेपालकाे विकासमा भारत काे ठुलाे योगदान पुर्व राजदुत बरालले बताए । मीडिया फार बॉर्डर हार्मनी का वैशाली जिलाध्यक्ष पत्रकार प्रभात कुमारकाे नेतृत्वमा रहेका भारतिय पत्रकारहरुकाे टोलीले नेपाली टोलीलाई माला गमछाले स्वागत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0