<

पुष ५ गते

पर्साको वीरगंजमा आजदेखि सुरु भएको प्रो क्लब च्याम्पियनसिप क्रिकेटमा घरेलु टोली पर्सा ११ ले विजयी सुरुवात गरेको छ ।

वीरगंजस्थित नारायणी क्रिकेट मैदानमा भएको लो स्कोरिङ खेलमा खेल पर्सा ११ ले भारतको युपी ११ माथि १ विकेटको रोमाञ्चक जित हात पारेको हो ।

युपी ११ लेदिएको ६६ रनको लक्ष्य पर्सा ११ ले १६.३ ओभर खेल्दै पूरा गरेको हो । त्यसका लागि पर्साले ९ विकेट गुमायो । पर्साका लगि अनिल शहाले सर्वाधिक १८ रन बनाए । यस्तै कप्तानी सन्दीप लामिछानेले १२ रन जोडे ।

युपी ११ का भिम शर्मा, तरुण ठाकुर र वाशी अन्सारीले समान २ विकेट लिए । शुभम चौधरीले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोली युपी ११ ले १६ ओभरमा सबै विकेट गुमाएर ६६ रनमै अलआउट भएको थियो ।

युपीका लागि आठौं नम्बरमा ब्याटिङ गरेका समिर अन्सारीले सर्वाधिक २४ रन बनाए । २२ बल खेलेका उनले समान २ चौका र २ छक्का प्रहार गरे । तरुण ठाकुर र जयदिप सिंहले समान १२ रन बनाए ।

पर्सा ११ का कप्तान सन्दीपले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दा १ मेडन राख्दै २९ रन खर्चिए । यस्तै रुपेश सिंहले ४ ओभरमा ३ रन खर्चेर २ विकेट लिए । रन्जित कुमारले ४ ओभरमा १ मेडन राख्दै ४ रन मात्र खर्चेर २ विकेट लिए । पवन सर्रफले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए ।

सइफुल्लाह अन्सारीले १ विकेट लिए । आजै दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच दिउँसो प्रतिस्पर्धा हुनेछ ।

जोरा इन्टरनेशनलले पर्सा जिल्ला क्रिकेट संघसँगको सहकार्यमा आयोजना गरेको प्रो क्लब च्याम्पियनसिपमा नेपालमा ४ र भारतका दुई गरी ६ टोलीको सहभागि छ ।

सिंगल राउण्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सभार अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0