<
नेपालगञ्ज,मंसिर १९,/     
– बर्दियाकाे बढैयाताल गाउंपालिका वडा नम्बर ८ बाट प्रहरीले ठूलाे मात्रामा ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेकाे छ ।
भे ३ प २६९६ नम्बरकाे माेटरसाइकलमा रहेका बांके काेहलपुर नगरपालिका वडा नम्बर १५ का निराजकुमार थारुलाई प्रहरीले २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेकाे हाे ।
भारतबाट आउँदै गरेका थारुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेलीले पक्राउ गरेकाे हाे ।
पक्राउ गरिएका थारुलाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय, मैनापाेखर बर्दियामा बुझाइएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0