<

 

 आरके श्रीवास्तव,राैतहट,मंसिर १९ गते ।

राैतहटमा भन्सार छली ल्याउदै गरेको सरसामान सहित मोटरसाईकिल बरामद गरेको छ ।आइतबार जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ति गर्दै जाने क्रममा फेला पारेको हाे ।

जिल्लाकाे गौर नगरपालिका वडा नम्बर १ र ईशनाथ नगरपालिका वडा नम्बर ८ स्थितबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी / निकासी गरी बिआर५५डि ३५८३ र बिआर३०सि०५९७ नम्बरकाे माेटरसाइकिल किराना, लत्ताकपडा र सोफी लगायतका सर सामान ओसार पसार गर्दै गरेको अबस्थामा प्रहरी टोलीलाई देखि मोटरसाइकिल सहित सामान फाली भागी फरार भएकोले सो स्थानमा प्रहरी टोली गई बेबारिसे अबस्थामा रहेको उक्त सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी निरिक्षक झलक प्रसाद शर्माले जानकारी गराएका हुन्

साे क्रममा मोटरसाइकिल २ थान, किराना, लत्ताकपडा र सोफी गरी जम्मा मुल्य रु.दुई लाख अड्तिस हजार एक सय पचास बराबरको सामान र मोटरसाइकिल नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि साेमबार गौर भन्सार कार्यालयमा बुझाईएको शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0