<

 

काठमाडौं मंसिर १७,/           ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम नबुझाउने ३० ओटा दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

आइतबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले तोकिएको समयमा रकम तथा अडिटेड वित्तीय विवरण नबुझाउने कम्पनीहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको हो ।

बक्यौता जम्मा गर्न प्राधिकरणबाट पटक-पटक सम्पर्क गर्न पत्राचार तथा ईमेल गर्दासमेत सम्पर्क हुन नसकेको भन्दै प्राधिकरणले एक साताभित्र सम्पर्कमा आउन, अन्यथा दूरसञ्चार ऐन, २०५३ बमोजिम अनुमति खारेजी गर्ने प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0