<

 

 आरके श्रीवास्तव,राैतहट,१३ गते मंसिर/

राैतहटकाे राजपुर नगरपालिकामा प्रहरीले अवैध मदिरा उत्पादन गर्ने तीनवटा रक्सी भट्टी नष्ट गरेको छ । राजपुर नगरपालिका– ५ मा अबैध रूपमा सञ्चालन रहेको रक्सी भट्टी नष्ट गरिएको हो ।

विशेष सूचनाको आधारमा बुधबार दिउँसो सावा ३ बजेतिर गएको प्रहरी टोलीले अबैध रूपमा सञ्चालन गरेको उक्त रक्सी भट्टी नष्ट गरेको ईलाका प्रहरी कार्यालय राजपुरले जनाएको छ ।

भट्टी नष्ट गर्ने क्रममा ६० लिटर कच्चा पदार्थ नष्ट गरिएको प्रहरीले जनाएको छ । ३ वटा खाली जार प्रहरीकाे नियन्त्रणमा रहेको छ । प्रहरी बरिस्ठ नायब निरिक्षक प्रमानन्द प्रसाद यादवकाे कमान्डमा गएको प्रहरी टाेलीले पूर्ण रूपले रक्सी भठ्ठी नष्ट गरेको हाे । उक्त अबैध रक्सी भठ्ठी इलाका प्रहरी कार्यालय बाट ३ किलोमिटर पश्चिम उत्तरपर्ने ठाउँमा सञ्चालनमा रहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0