<

 

आरके श्रीवास्तव,राैतहट,१३ गते मंसिर ।

राैतहटकाे दुई पालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएकाे छ । आज एकै दिन जिल्लाको देवाही गाेनाही नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत हाजिर भएका छन् भने यमुनामाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी दिइएको छ । देवाही गोनाही नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सन्देश यादव हाजिर भएका हुन् ।

उनी यस अघिका प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवकाे ठाउँमा आएका हुन् । देवाही गाेनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह, वडाध्यक्षहरु र कार्यालयका कर्मचारीहरुको उपस्थितिमा यादवले कार्यालय प्रमुखको रुपमा हाजिर भएका हुन् । कार्यालय प्रमुखको रुपमा नगर प्रमुख साहले यादवलाई स्वागत पनि गरेका छन् ।

यता उप प्रमुख परनिया देवी पटेलले भने, आफू सँग सल्लाहै नगरी हाजिर भएको भन्दै असंतुष्टी जनाएकी थिईन् । कार्यालयमा हाजिर भएपछि जवाफदिने क्रममा यादवले आफूले नियमानुसार कामकाज गर्ने उपप्रमुख समक्ष प्रतिबद्धता समेत जनाएका थिए । उता जिल्लाकाे यमुनामाइ गाउँपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी फेरि रामश्रेष्ठ यादवलाई दिइएको छ । यस अघि उनलेे उक्त गाउँपालिकाकाे जिम्मेवारी सम्हालीसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0