<

 

१० मंसिर/

पोखरामा चलिरहेको केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेस प्रदेशलाई हराएको छ। आज  भएको खेलमा पुलिसले मधेसलाई ५७ रनले हराएको हो।

पुलिसले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको मधेस १८ ओभर २ बलमा १ सय १८ रनमा अल आउट भयो । मधेसका रुपेश सिंहले सर्वाधिक ४० रन बनाए। यस्तै इमरान शेखले २२ रन जोडे। बलिङतर्फ पुलिसका करण केसी, सागर ढकाल, रशिद खान र ललित राजवंशीले समान २ विकेट लिए।

यसअघि पोखरा रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७५ रन बनायो। पुलिसका कुशल भुर्तेलले शतक बनाए। उनी ५७ बलमा ७ छक्का र ८ चौकाको मद्दतमा १ सय २ रन बनाएर आउट भए।

कुशल यो प्रतियोगितामा शतक बनाउने पहिलो खेलाडी बनेका छन्। बलिङतर्फ मधेसका विशाल पटेल र विशाल शुस्लिङले समान २ विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0