<

 

काठमाडौँ मंसिर ८,/

– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट युवक संघले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शुक्रबार साँझ राँके जुलुस निकालेको छ।

दुर्गा प्रसाईँको आन्दोलनलाई समर्थन गरेको आरोपमा पक्राउ परेका पार्टीका नेता कार्यकर्तालाई निसर्त रिहाइको माग गर्दै राँके जुलुस निकालेको हो।

युवक संघका पूर्व अध्यक्ष राजु लोहनीको नेतृत्वको जुलुस निकालेको एक नेताले जानकारी दिए। प्रसाईँको आन्दोलनमा सहभागी भएको आरोपमा राप्रपा युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, नेता बसन्त पाण्डे,राप्रपा प्रदेश सदस्य चिना कोइरालालाई पक्राउ गरी प्रहरीले दरवारमार्गमा वृत्तमा राखेको छ।

यस्तै प्रहरीले शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का, आभास खड्का (झापा), अनुपविक्रम शाही, सतीश न्यौपाने लगायतलाई सिंहदरवार प्रहरी वृत्तमा राखेको छ।

नरेन्द्र प्रसाद भेटवाल, राजिव अर्याल, सरोज क्षेत्री, विश्वास भट्ट, रजिन अर्याल,मणी सिम्खडा, मिना शाही, सावित्री क्षेत्रीलगायत नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै निसर्त छोडीदिन माग गर्दै पार्टी निकट संघ शुक्रबार साँझ विरोध प्रर्दशनमा उत्रिएको हो।

राप्रपाका कार्यकर्ता र अभियानमा सहभागीलाई घरबाटै धरपकड गर्ने निरंकुश सरकारको विरुद्धमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा राँके जुलुस निकालेको एक नेताले देश सञ्चारसँग बताए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0