<

कार्तिक २९ गते, रौतहट ।

रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालले छठ पर्वको उपलक्ष्यमा गरुडा नगरपालिका-२ मा छठ ब्रतालुहरुलाई साडी एवं पुजाका लागि आवश्यक पर्ने सामाग्री वितरण गरेका छन् ।
सहयोगी मनका धनी, सधै गरिव असहायलाई सहयोग गरिरहने तथा समाजसेवा गर्नेमा विशाल हृदय भएका मेयर जयसवालले पालिकाका अति गरिव एवं विपन्न समुदायका छठ ब्रत गर्ने महिलाहरुलाई केही दिन देखि खोजी खोजी दउरा, सुपली र साडी सेट बितरण गरिरहेका छन् ।

तेस्रो दिन आज नगर प्रमुख जय स्वालले गेडहिगुठिका अति गरिब तथ बिपन्न १५१ जना छठ ब्रतालु महिलालाइ प्रती महिला एक एक सेट दउरा, सुपली र साडी सेट बितरण गरेका हुन ।

एस अघि उनले पोठियाही र जिङगडियामा गरि कुल ३ सय २ जना परिवारलाई छठ पुजा सामाग्री बितरण गरिसकेका छन ।

नगर प्रमुख जयसवालले नगरपालिकाका प्रत्येक वडाका गरिव, असहाय एवं अति विपन्न परिवारका छठ पर्व गर्ने ब्रतालु महिलाहरुलाई दउरा, सुपली र साडी सेट वितरण गर्ने उदेश्यले छठ सामाग्री बितरण गर्न थालेको बताएका छन ।

छठको ब्रत गर्ने आर्थिक रुपले पछाडि परेका अति गरिव, विपन्न, असहाय एवं दलित महिलाहरुलाई केही सहयोग हुने उद्देश्यले पालिकाको तर्फबाट प्रति महिला एक,एक थान दउरा, सुपली र साडी सेट वितरण गरेका छन् ।
आर्थिक रुपमा कमजोर भएका महिलाहरुले छठ पर्वको सामाग्री किन्न नसक्ने भएको हुँदा पर्वमा पैसाको अभावमा छठको सामाग्री जोहो गर्नबाट कसैले बञ्चित नहोस र आफुले पर्वमा केही न केही सहयोग गर्ने उद्देश्यले उक्त सामाग्रीहरु वितरण शुरु गरेको उनले बताए ।
हरेक वर्ष झै यस वर्ष पनि गरिब असहाय छठ व्रतालुहरुलाई साड़ी र दउरा सुपली वितरण गरिएको मेयर जयसवालले बताए ।
हिन्दु धर्म संस्कृतिमा छठपर्वका बेला ब्रतालुले सम्भव भए नयाँ चोखो पहिरण लगाएर ब्रत गर्नुपर्ने हो । सोही अभिलाशालाई पुर्ण गर्न हरेक वर्ष झै यसवर्षपनि आवश्यक्ता हेरेर दिन दुःखीलाई छठपुजाका लागी साडी सेट तथा दउरा, सुपली वितरण गरेको उनले बताए ।
सो क्रममा छठपर्वको शुभकामना दिदै उनले आफ्नो पालिकाको प्रत्येक जनताको सुख दुःखमा आफु सरिक हुन पाउँदा आफुलाई निकै गर्ववान्वित महशुस हुने गरेको बताए ।
निकै सुद्ध र आस्थाका साथ मनाईने यस पर्वको विशेष महत्व रहेकोले आफुले गरेको सहयोगबाट विपन्न र असहाय व्रतालुहरुलाई ठुलो राहत हुने र उनिहरु खÞुशीका साथ पर्व मनाउन सक्ने उनले विश्वास व्यक्त गरे ।
मेयर जयसवालले यस अघि पनि प्रत्येक वर्ष छठ पर्व गर्ने हजारौ ब्रतालुहरुलाई छठ पुजाका लागि आवश्यक पर्ने सामाग्री र साडी सेट एक अभियान नै सञ्चालन गरी वितरण गर्दै आएका छन् ।
मेयर जयसवाल मेयरमा निर्वाचित हुनुभन्दा अघि पनि आफनै व्यक्तिगत लगानीमा प्रत्येक वर्ष दिन दुखी गरिव ब्रतालुहरुलाई लाखौंको छठ पुजा सामाग्री वितरण गर्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0