<

आरके श्रीवास्तव,रौतहट, कार्तिक २९ गते ।

राैतहटकाे गरूडा नगरपालिका वडा नम्बर ६ अमरपट्टीका आगलागी पिडितलाई आम जनता पार्टी निकट आईटी आर्मी राैतहटका बरिस्ठ जिल्ला उपाध्यक्ष एवम् यूवा नेता रविन्द्र यादवले आवश्यक सामाग्री सहयोग गर्नु भएको छ ।

स्थानीय राजकुमारी देवीकाे घरमा गत कार्तिक २७ गते साेमबार आगलागी भएको थियो । साे आगलागीबाट छठ पर्व गर्नका लागि खरिद गरि राखिएको लत्ताकपडा,अन्नपात जलेर नष्ट भएको थियाे । आगलागीबाट सबै सामान जलेर नष्ट भएपछि साे परिवारलाई छठ पर्व गर्नका लागि आफत परेको छ ।

स्थानीय सरकार बाट सहयोग नभएपछि आफनाे व्यक्तिगत लगानीबाट भएपनि वहाँले सहयोग गर्नु भएको छ । आगलगी पिडित परिवारलाई यूवा नेता यादवले एक बाेरा चामल र महिलालाई साडीकाे साथै सानाे सानाे बच्चाहरुका लागि कपडा सहयोग गरि पिडितकाे सहारा बनेकाे स्थानीयहरूले प्रतिक्रिया दिएका छन् ।

सामाग्री हस्तान्तरण पछि प्रतिक्रिया दिदै यूवा नेता यादवले आफू कमाउने रकम बाट थाेरै भएपनि आगलागी पिडितलाई सहयोग गरेको बताए । यस अघिपनि यस्तै किसिमका पिडित परिवारलाई सहयोग गर्दै आएको सुनाए । पिडित परिवारले आफूलाई आफनाे पीडा सुनाए पछि सम्बन्धित ठाउँमा भन्दा पनि सुनवाइ नगरेपछि आफू अग्रसर भई उक्त सामानहरू व्यक्तिगत रूपमा खरिद गरि पिडित परिवारकाे घरमा पुगि सहयोग गरेकाे बताए ।
पिडित परिवारले यूवा नेता यादवलाई धन्यवाद ज्ञापन गर्दै स्थानीय सरकार र सरोकारवालाहरू लाई सहयोग गर्न विनम्र अनुरोध गरेकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0