<

कात्तिक २८, जनकपुरधाम :

धनुषामा भारतीय गाडीको ठक्करले दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका–९ का १९ वर्षीय राजेश ठोकर र गणेशमान चारनाथ नगरपालिका–२ का अन्दाजी १८ वर्षीय टेमा मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जन अवाले जानकारी दिएका हुन्।

सोमबार राति करिब पौने १ बजे ढल्केवरदेखि पूर्वतर्फ जाँदै गरेको बीआर ०६ बिबि ८१४७ नम्बरको ट्रकले ज ११ प १२६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको डीएसपी अवाले जानकारी दिए।

उनीहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रक नियन्त्रणमा लिइएको तर चालक भने फरार भएको प्रहरीले जनाएको छ। चालकको खोजी भइरहेको प्रहरीको भनाइ छ। अन्रपुर्ण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0