<

आरके श्रीवास्तव,राैतहट,२० गते कार्तिक

प्रभु साह नेतृत्वकाे आम जनता पार्टीले धनुषाकी आरती साहको हत्या प्रकरणमा ऐक्यबद्धता जनाउने भएको छ । विगत १४४ दिनदेखि अनवरत न्यायको पर्खाईमा राजधानी काठमाडौंकाे माईतीघरमा संघर्षरत पीडित परिवारको आन्दोलनप्रति साे पार्टीले प्रारम्भिक समयदेखि नै सडकदेखि सदनसम्म नैतिक एवं भौतिक साथ-सहयोग र ऐक्यबद्धता रहदै आएको जनाएको छ । आउँदो कार्तिक २२ गते दिनको १:०० बजे आजपा पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहको सहभागिता एवं नेतृत्वमा पीडित परिवारको धर्ना कार्यक्रममा ऐक्यबद्धता कार्यक्रम र २३ गते दिनको ११:०० बजे मानव अधिकार आयोगको कार्यालयमा गम्भीर ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाउने कार्यक्रम समेत तय गरिएको आजपाका केन्द्रीय प्रवक्ता चन्द्र भुषण साह द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ ।

विज्ञप्तिमा भनिएको छ,’चाडपर्वहरुको समयमा पीडितलाई न्याय दिलाउनुको सट्टा उल्टै काठमाडौंको कठ्ठयाग्रींदो जाडोमा खुल्ला आकाशमुनि शान्तिपूर्ण धारणामा रहेका पीडित परिवारमाथि यहीं असोज २४ गते करीब १०:०० बजे रात्रिको समयमा चार जनाको अज्ञात समुहले गरेको संघातिक हमला र त्यसको छानबीन गरी दोषी उपर कार्यवाहीको सट्टा पीडित परिवारलाई नै यहीं असोज २७ गते विहान ८:०० बजेतिर अभद्र गालीगलौज एवं लछारपछाड गर्दै अनामनगर प्रहरी वृत्तले गरेको अमानवीय एवं अवैधानिक हिरासतको हर्कत जस्ता विभिन्न श्रंखलाबद्ध घटनाक्रमले यस विषयमा राज्य कति संवेदनहीन, उदाशीन एवं गैरजिम्मेवार रहेको कुरा प्रष्ट भएको छ । ‘ तसर्थ, यी र यस्ता मानव अधिकार र कानुनी शासनको धज्जिया उडाउने हर्कतहरुप्रति आम जनता पार्टी कडा शब्दमा गम्भीर आपत्ति एवं घोर भर्तस्ना गर्दै तत्काल वार्ता र संवादमार्फत पीडित पक्षको न्यायिक मागहरुलाई यथाशीघ्र सम्बोधन गर्न नेपाल सरकार सहित सबै सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ । साथै, न्याय प्राप्तिको यस संघर्षमा ऐक्यबद्धता प्रकट गर्दै थप बल पुर्याउन आ-आफ्नो स्थान र स्तरबाट सक्रिय साथ-सहयोग र सहभागिता जनाई योगदान पुर्याउन सम्पूर्ण न्यायप्रेमी आम जनसमुदाय, मानव अधिकारकर्मी, कानुन व्यवसायी, सञ्चारकर्मी, नागरिक अगुवा, युवा, विद्यार्थी लगायत सबै सबै पेशाकर्मीमा हार्दिक अहान एवं अनुरोध समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0