<

कार्तिक २० सोमबार

काठमाडौं महानगरपालिकाभित्र रहेका ७१ वटा सामुदायिक विद्यालयको नेतृत्व शैक्षिक योग्यता कम भएका प्रधानाध्यापकले गरिरहेका छन् । माध्यमिक तहको प्रधानाध्यापक बन्न एमफिल, निम्नमाध्यमिक तहका लागि स्नातकोत्तर र आधारभूत तहको प्रधानाध्यापक बन्न स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने भए पनि अधिकांशमा कम शैक्षिक योग्यता भएकाले नेतृत्व गरिरहेका छन् ।

महानगरका अनुसार ६ आधारभूत तह, २१ निमावि र ४४ माविको नेतृत्व कम शैक्षिक योग्यता भएकाले गरिरहेको महानगरपालिकाले जनाएको छ । अधिकांश सामुदायिक विद्यालयको मावि तहमा स्नातकोत्तर तह र आधारभूत तहमा स्नातक तह उत्तीर्ण गरेका प्रधानाध्यापक छन् । सोही कारण महानगरपालिकाले प्रतिस्पर्धामा नयाँ प्रधानाध्यापक छनोट प्रक्रिया अघि बढाएको महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिए । उनका अनुसार त्यसमध्ये पनि केही प्रधानाध्यापक अनिवार्य अवकाश हुँदै छन् । उक्त ठाउँमा पनि प्रतिस्पर्धाबाट नयाँ प्रधानाध्यापक पठाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0