<

काठमाडौं, १९ कात्तिक ।

दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ७ सय ७० ट्याब्लेटसहित धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भई नयाँबजार बस्ने २८ वर्षीय शिवराज दराई समेत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बा.८८ प ४१०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित दुवै जनालाई पक्राउ गरेको हो ।

 

पर्साकाे वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चौकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० ग्रामसहित भारत राज्य विहार पुर्वी चम्पारण मोतिहारी बस्ने २७ वर्षीय भुलावन पटेललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा भन्सार पर्सा र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ बस्तिपुर डेरा गरी बस्ने २१ वर्षीय सन्तेन लामालाई नियन्त्रित लागूऔषध स्टेगन  ४ सय ८७ ट्याब्लेट, ट्रामाडोल १ सय ४२ ट्याब्लेट र नगद १५ हजार २ सय रुपैयाँसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसामाडी लेवर्टबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0