<

काठमाडौं, १९ कात्तिक ।

काठमाडौंमा भएको आईसीसी टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामाम नेपाली राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल उत्कृष्ट ब्याटर चुनिएका छन् ।

प्रतियोगितामा नेपाल उपविजेता हुँदा ओपनर भुर्तेलले १८५ रन बनाएका थिए । उनले पाँच खेलमा एक अर्धशतकसहित १८५ रन बनाएका थिए ।

 

बेस्ट नेपाली प्लेयर अफ दि सिरिज गुल्सन झा बने । उनले मोटरसाइकल पुरस्कार पाएका छन् ।

 

यस्तै, प्रतियोगिताको उत्कृष्ट बलर ओमानका बिलाल खान चुनिए । ओमानलाई छनोटको उपाधि दिलाउने क्रममा बिलालले ११ विकेट लिएका थिए ।

 

ओमानकै अलराउन्डर अकिब इल्यास प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए । इल्यासले बलिङतर्फ १० विकेट लिँदा १०६ रन जोडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0