<

काठमाडौं, १३ कात्तिक ।

काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोट खेलमा अहिले सिंगापुर र नेपालबीच प्रतिस्पर्धा भइरहेको छ ।

सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । उनले विभिजत २९ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५४ रन बनाएका हुन् । नेपालले १० ओभरको समाप्तिमा एक विकेट गुमाएर ९४ रन बनाएको छ । नेपालले आसिफ शेख आउट हुँदा कुशल भुर्तेल र रोहित पौडेलको साझेदारीमा ब्याटिङ गरिरहेको छ ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।

सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि अभिनाष बोहोराले ३ विकेट लिँदा सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले दुई–दुई विकेट लिए ।

सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए भने आर्यविर चौधरीले ३७ र मनप्रित सिंहले २४ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0