<
सागर ठाकुर,राैतहट, १२ गते कार्तिक
रौतहटको फतुवा बिजयपुर नगरपालिकामा हाकिमको बिषयलाई लियर अवस्था तनावग्रस्त भएको छ । यसै विषयलाई लिएर त्यहाँ विवाद भएको छ । आईतवार नगरपालिकाका कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले कार्यालय प्रमुखको रुपमा सुरेन्द्र प्रधानलाई हाजिर गराउन खोज्दा वडा अध्यक्षहरु त्यसको विरुद्धमा उत्रिएका छन् । कार्यवाहक नगर प्रमुख खातुनले जसरी भए पनि प्रधानलाई नै हाजिर गराउन खोजे पछि सबै वडाका वडाध्यक्षहरु त्यसका बिरुद्धमा उत्रिएका हुन् । वडा अध्यक्षहरूले प्रधानकाे सट्टा अर्काे हाकिम ल्याउने अडानमा छन् । नगरपालिकामा हाकिमकै बिषयलाई लिएर पलतुवा बिजयपुरमा लामो समय देखि बिवाद चल्दै आएको छ ।
कार्यवाहक नगर प्रमुख खातुन र वडा अध्यक्षहरु बिचको विवाद कायमै रहदा त्यसमा कार्यरत शिक्षक,स्वास्थ्यकर्मी,करारका कर्मचारीहरु तलब भत्ता खान्नबाट बञ्चित भएका छन् । त्यस्तै वृद्धवृद्धा जेष्ट नागरिक र बालबालिकाहरु पनि बालपोषण भत्ता खानबाट बन्चित भएका छन् । जनप्रतिनिधिहरु बिचको आन्तरिक विवादका कारणले असारमा गर्नु पर्ने नगर सभा समयमा नहुँदा विकास निर्माणका कार्यहरु अगाडि बढन सकेका छैन् । तलबभत्ता खान्नबाट बन्चित भएका कर्मचारीहरु तलब पाउनु पर्ने माग गर्दै गएको असोज १९ गते नगरपालिकामा ताल्चा लगाएका थिए । नगरपालिकाकी कार्यवाहक नगर प्रमुख खातुनले कर्मचारीहररूलाई समयमै तलब भता खुवाउन नसके पछि आक्रोशित कर्मचारीहरुले नगरपालिकामा लगाइएको ताल्चा वडा अध्यक्ष राकेश यादवको नेतृत्वमा गएका वडा अध्यक्षहरुको टोलीले शुक्रबार खुलाएका थिए । आफुहरू छठ भन्दा अघिनै तलबभत्ता खुवाउने प्रतिबद्धता जनाए पछि कर्मचारीहरुले लगाएको ताल्चा खोलिएकाे थियोे ।
हिन्दुहरुको महान चाड शुभ दिपावली र छठ पर्व नजिकिए पनि तलब भत्ता खुवाउन कार्यवाह नगर प्रमुखलाई पटक पटक आग्रह गरे पनि केही वास्ता न गरे पछि सो ताल्चा स्थानिय प्रहरी ,संचारकर्मि,कर्मचारी,जनप्रतिनिधि र स्थानीयहरूको रोहबरमा कार्तिक ११ गते ताल्चा खुलाईएको हो । बिगत लामो समय देखि बन्द रहेको नगरपालिका ताल्चा खुले पछि अब पुर्ण रुपमा संचालनमा आएको वडा अध्यक्ष राकेश यादव( पप्पु) जानकारी दिनु भयो । यस बिषयमा वडा अध्यक्षहरुको तर्फबाट वडाध्यक्ष राकेश यादव संग बुझदा आफुहरु यो पालिकामा यस भन्दा पहिला पनि हाकिमको रुपमा सुरेन्द्र प्रधान हुदाँ ठुलो भ्रष्टचार गरेको भन्दै त्यसलाई कुनै हालतमा हाजिर हुन नदिने अडान लिएको बताउदै आएका छन् । वडा अध्यक्ष यादवले प्रधानको सट्टामा अर्को हाकिम मन्त्रालयबाट ल्याउन माग राखेका छन । तर कार्यवाहक नगर प्रमुखले भने प्रधानलाई नै हाजिर गराउन खोजेका छन् । सोही बिषयलाई लियर कार्यवाहक प्रमुख खातुन संग बुझदा वहाँले अहिले छठ पर्व नजिकै आएका कारण सुरेन्द्र प्रधानलाई नै हाजिर गराएर कर्मचारहरु,बालबालिका वृद्धवृद्धा र जेष्ट नागररिकहरुको समाजिक सुरक्षा भत्ता खुवाउन आफनो चाहना रहेको बताउनु भयो । ताला खुले पछि नगरपालिकामा आईतबार हाकिम हाजिर गराउन खोज्दा वडाध्यक्षहरु त्यसको बिरुद्धमा उत्रिदा अवस्था तनाव ग्रस्त भएको थियो । नगरपालिकामा जनप्रतिनिधीहरुको बिवादले गर्दा अवस्था तनावग्रस्त भएपछि ठुलो संख्यमा प्रहरी र शस्त्र प्रहरी परिचालन गरिएको थियो । प्रहरीको बाक्लो उपस्थितीले गर्दा पालिकामा ठुलो घटनाबाट जोगिएकाे हाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0