<

गाजा, ११ कार्तिक ।

प्यालेस्टिनका कुटनीतिक अधिकारी हुसम जोम्लोटले गाजामा आफ्नो परिवारलाई भेट्न नपाएका बताएका छन् ।

युनाइटेड किंगडममा प्यालेस्टिनी मिसनका प्रमुख हुसम जोम्लोटले गाजा क्षेत्रमा सञ्चार ब्ल्याकआउटका कारण आफूले गाजामा रहेका आफ्ना परिवारका सदस्यहरूसँग सम्पर्क गर्न नसकेकाे बताएका हुन ।

जोमलोटले सामाजिक सञ्जाल पोष्टमा लेखेका छन्, ‘म घण्टौं देखी गाजामा रहेको मेरो परिवारसम्म पुग्ने प्रयास गरिरहेको छु।’

 

उनले अगाडी लेखेका छन, ‘सबै दूरसञ्चार र इन्टरनेट काटिएको छ, ती सबै  इजरायली हमलाहरुले नष्ट भएका छन, शाब्दिक रूपमा गाजालाई हवाई भूमि र समुद्रबाट नष्ट गरिदैँछ, अझै कति निर्दोष मानिसहरू, बच्चाहरू, आमाबाबु र हजुरबा हजुरआमाहरूकाे ज्यान जाने हाे ? त्याे अझै एकिन गर्न सक्ने अवस्थामा छैन, नयाँ संसारमा फर्कनु अघि नै सम्भवतः सबै सकिनेछ ।’

जोम्लोट प्यालेस्टिनी अधिकारका लागि एक मुखर वकिल र द्वन्द्वमा प्यालेस्टिनी परिप्रेक्ष्यको लागि जानकार ब्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0