<

सागर संगम ठाकुर रौतहट कार्तिक १० गते

रौतहटको फतुवा विजयपुर नगरपालिकामा लगाईएकाे ताल्चा खाेलिएकाे छ । शुक्रबार वडा अध्यक्ष राकेश यादवको नेतृत्वमा गएका वडा अध्यक्षहरुकाे टाेलीले नगरपालिकामा लगाईएकाे ताल्चा खाेलिएकाे हाे । नगरपालिका अन्तर्गतका शिक्षक,शिक्षिका, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुले तलबभत्ताकाे माग गर्दै नगरपालिकामा ताल्चा लगाईएकाे थियोे । नगरपालिकाकी कार्यवाहक नगर प्रमुख अम्बया खातुनले कर्मचारीहरुलाई समयमै तलब भता खुवाउन नसके पछि आक्राेशित कर्मचारीहरुले नगरपालिकामा ताल्चा लागाएका थिए। वडा अध्यक्ष यादव नेतृत्वमा गएका वडा अध्यक्षहरुले आफुहरु छठ भन्दा अघिनै तलबभत्ता खुवाउने प्रतिबद्धता जनाए पछि लगाईएकाे ताल्चा खाेलिएकाे छ । बिगत लामो समय देखि बन्द रहेको नगरपालिका ताल्चा खुले पछि अब पुर्ण रुपमा संचालनमा आएको वडा अध्यक्ष राकेश यादव जानकारी दिनु भयो । कार्यवाहक नगर प्रमुखले ताल्चा खुलाउने विषयमा कुनै पहल नगरेपछि वडा अध्यक्षहरू आफैं सक्रिय भई ताल्चा खुलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0