<

काठमाडौं, १० कार्तिक ।

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन प्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुःख ब्यक्त गरेका छन् ।

 

शुक्रबार बिहान हृदयघातका कारण सांघाइमा चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको थियो । उनको निधनले चुनौती पुर्ण अबधीमा नेपाललाइ दिएको साथ ओलीले स्मरण गरेका छन् ।

 

‘पूर्व प्रधानमन्त्री ली खछ्याङको आकस्मिक निधनले गहिरो दुःख लागेको छ । मैले हाम्रा भेटहरूका सम्झनाहरू मन पराएको छु, विशेष गरी सन् २०१६ मा भएको नेपालका लागि चुनौतीपूर्ण अवधिमा,’ ओलीले स्मरण गर्दै भनेका छन, ‘उहाँको परिवार र चीनका जनताप्रति मेरो गहिरो र हार्दिक समवेदना छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0