<

काठमाडौं,२०८० कार्तिक ९ गते ।

नेकपा एमाले प्रथम मधेश प्रदेश अधिवेशनबाट निर्वाचित प्रदेश कमिटी सदस्यहरुको शपथ ग्रहण कार्यक्रम कार्तिक १८ गते वीरगञ्जमा हुने भएको छ ।

प्रदेश सदस्यहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले शपथ गराउने कार्यक्रम रहेको एमाले मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेलले जानकारी दिए ।

कार्यक्रमको व्यवस्थापन एमाले पर्सा जिल्लाले गर्नेछ । मधेश प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा र पार्टीका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।

असोज २४ देखि २७ गतेसम्म चलेको प्रथम अधिवेशनले ५ जना पदाधिकारीसहित २३५ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको थियो ।

प्रदेश कमिटी सदस्यहरु, प्रदेश लेखा आयोगका पदाधिकारी तथा सदस्यहरुलाई सपथ गराइने कार्यक्रममा केन्द्रीय सदस्यहरु र केन्द्रीय निकायका सदस्यहरुलाई आमन्त्रण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0