<

सिरहा,०९ कार्तिक २०८०

सूचना माग्ने अभियानका लागि काम गरिरहेको बास नेपाल (बागेश्वरी असल शासन क्लब ) दसैँमा पनि सक्रिय रहेको छ । विभिन्न सरकारी तथा गैर सरकारी निकायसँग सूचना कसरी माग्ने लगायतको बारेमा चेतना जगाउने काम गर्दै बास नेपाललाई पालिका स्तरसम्म फैलाउने काम गरेको हो ।

बास नेपाल अभियानमा लागेका परशुराम साहका अनुसार दसैँको अवसरमा शुभकामना अदानप्रदान गर्नुको साथै सूचनाको अस्त्र प्रयोग गर्ने विधि सिकाउने काम जारी राखेको बताए । बास नेपाल सिरहामार्फत सिरहाको कल्याणपुर ,औरही र गोलबजार  नगरपालिकाका करिब ५० जना सूचना मागकर्तालाई सूचनाको औजार प्रयोग गर्ने विधि र कानुनी व्यवस्थाबारे साक्षात्कार गराएको साहले बताए । अर्नमा गाउँपालिका अन्तर्गतका सार्वजनिक निकायका सूचना अधिकारीहरूको क्षमता विकास तालिम प्रदान गरिसकेको छ ।

देशमा व्याप्त भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती र घुसखोरी जस्ता बेथितिका विरुद्धमा जनमत निर्माण गर्ने र पछाडि पारिएका समुदाय, अपाङ्गता भएका व्यक्ति, महिला, बालबालिकाको अधिकार एवम् सूचनामा नागरिकको पहुँचका लागी वकालत लगायतका काम गर्ने उद्देश्यका साथ स्थापित बास नेपालको गोलबजारमा पालिका स्तरीय उपसमिति गरेको उनले बताए ।

उपसमितिको अध्यक्षमा रामचन्द्र साह रहेका छन् भने उपाध्यक्षमा देव कुमार तमाङ ,सचिवमा कृष्णदयाल ठाकुर, कोषाध्यक्षमा, हरिनारायण यादव र सदस्यहरूमा, वीरेन्द्रकुमार यादव, रेशकुमार लामालगायतका छन् । त्यस्तै,  नरहा गाउँपालिका स्तरीय उपशाखा पनि गठन गरिएको छ । उपशाखाको अध्यक्षमा रामइश्वर यादवलाई चयन गरिएको छ । रातोपाटी संवाददाता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0