<
आरके श्रीवास्तव,राैतहट,०८ गते कार्तिक राैतहट ।
राैतहटको कटहरिया नगरपालिकामा सञ्चालित प्रथम मेयरकप नकआउट टि २० क्रिकेट प्रतियोगिताको उपाधि सिम्राैनगढले जितेको छ। कटहरिया वडा नम्वर–४ मा रहेको क्रिकेट मैदानमा सञ्चालित फाइनल खेलमा सिम्राैनगढले बिरगंजलाई ७ रनले हराउँदै उपाधि कब्जा गरेको हो । उपाधि कब्जा गरेसंगै सिम्राैनगढले रु.एकहतर हजार सहित कप, मेडल र प्रमाण पत्र हात पारेको छ । त्यस्तै उपविजेता बनेको बिरगंजले रु. पैतिस हजारसहित मेडल,कप र प्रमाण पत्र हात पारेको छ ।
सिम्राैनगढले निर्धारित २० ओभरकाे खेलमा १ सय ३३ रन बनाएको थियोे । १३४ रन बिजयी लक्ष्य पाएकाे बिरगंजले १९ दशमलव ३ ओभर खेल्दै १ सय २६ रनमै सम्पूर्ण टिम समेटाएकाे थियोे । खेलकाे बिजेता र उप बिजेता टिमलाई क्रमशः नगर प्रमुख अजय प्रकाश जयसवाल र उप प्रमुख रिता देवी यादवले चेक, मेडल र प्रमाण पत्रले पुरस्कृत गर्नु भयाे । कटहरिया नगरपालिकाकाे आयाेजनामा भएको मेयर कप टि २० नक आउट क्रिकेट प्रतियोगितामा बिरगंज,सिम्राैनगढ, हेटौंडा,कटहरिया गरि ८ वटाकाे टिमकाे सहभागीता रहेको थियाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0