<
आरके श्रीवास्तव,राैतहट,कार्तिक ०८ गते । 
उज्यालो वृन्दावन अभियान अन्तर्गत नगर स्तरीय बजेटको करिब ७ लाखको लागतमा आज रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ८ मा नगर प्रमुख विनोद प्रसाद कुर्मीले नव निर्मित टावर लाईटको उद्घाटन गर्नु भएको छ । चुनावको बेला आफ्ना जनताहरु लागि गरेको वाचा अनुसार नगर प्रमुख कुर्मीले सो पालिकाको वडा नं.१ देखि ९ सम्मको हरेक चौक,बजार र सार्वजनिक ठाउँमा टावर लाइट जडान गर्ने क्रममा बुधबार सो नगरपालिकाको वडा नं.१,६,७,८ र वडा नं.९ मा समेत टावर लाईटको उद्घाटन गर्नु भएको छ ।
टावर लाइट बले पछि स्थानीय बासीहरु अत्यन्तै हर्षित भएका छन । हरेक वडाको चौक तथा सार्वजनिक ठाउँहरुमा टावर लाइट चाहिन्छ,भनी स्थानीय बासीहरुले पटकपटक आग्रह गर्दै आएको कुराको मध्य नजर गर्दै नगर प्रमुख कुर्मीले सो टावर लाइटको लाइटको उद्घाटन गर्नु भएको छ। टावर लाइटको आज विधिवत रुपले उद्घाटन भए लगतै स्थानीय बासीहरु खुशी मनाउदै,गाउँमा चारैतिर उज्यालो भएको देखेर आफुहरु अत्यन्तै खुशी महसुस गरिएको बताउदै नगर प्रमुख कुर्मी लाई धन्यवाद व्यक्त गरेका छन्।
सो उद्घाटन कार्यक्रम मा वृन्दावनका नगर प्रमुख विनोद प्रसाद कुर्मी,प्रमुख प्रशासकिय अधिकृत रासनरायण पटेल,नगरपालिका का ईन्जिनियर दिलिप यादव,वडा अध्यक्ष रवीन्द्र प्रसाद साह, कार्यपालिका सदस्य राजेश पासवान(निर्माणी) र वडा सदस्य सुनिता साह लगायत सो वडाका स्थानीय जनसमुदायको समेत बाक्लो उपस्थिति रहेको थियो। त्यसैगरी टावर लाईट जडान भएको हरेक वडाका स्थानीय जनता अत्यन्तै खुशी व्यक्त गर्दै नगर प्रमुख कर्मीलाई बधाई तथा धन्यवाद व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0