<

लमजुङ ५ कार्तिक ।

लमजुङ कारागारमा रहेका कैदीबन्दीलाई त्रिवेणी युवा क्वलले खसी र खाद्यान्न सहयाग गरेको छ ।

 

कारागारमा रहेका कैदीबन्दीलाई दशैं मनाउनको लागि बेसीशहरमा रहेको त्रिवेणी युवा क्लवले २४ हजार मुल्य बराबरको खसी र ७ हजार पाँच सय रुपैया बरावरको खाद्यान्न सहयोग गरेको हो ।

क्लवले हरेक वर्ष बडादशैको अवसरमा कारागारमा रहेका कैदीबन्दीहरुलाई खाद्यन्न सहयोग गर्दै आएको छ ।  कैदी बन्दीहरुलाई सहज र उल्लासमय रुपमा चाडपर्व मनाउन सहज होस् भनेर  क्लवले सहयोग प्रदान गरेको क्लवका अध्यक्ष विनोद गुरुङले बताए।

कैदीवन्दीलाई दशैकौ शुभकामना दिनुको साथै क्लवका पदाधिकारी, जिल्ला कारागारका जेलर, चौकीदार लगायत उपस्थित व्यक्तिहरुविच शुभकामना आदानप्रदान भएको थियो ।

चाडपर्वको वेला सम्झिएर खाद्यन्न प्रदान गरेको भन्दै कारागारका कैदी बन्दीहरुले आभार व्यक्त गरेका थिए ।  कारागारका जेलर कमलापती अधिकारीले दशैंमा कैदीबन्दीका लागि सरकारले थोरै मात्र सहयोग गर्ने भएकोले क्लवको यस सहयोगले चाडपर्वमा कैदी–बन्दीलाई खुसी थप्ने बताए ।

लमजुङ कारागारमा हाल ७ जना महिलासहित  ८८ जना कैंदीबन्दी रहेका छन् । कारागारका कैदीवन्दैलाई दशैँका लागि यसअघि बेसीशहर नगरपालिकाले २ वटा खसी सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0