<

काठमाडौं, ४ असोज  ।

हिजोआज सामाजिक सञ्जाल फेसबुकमा दिन बिराएर लाइभमा आउने गर्छिन् आफूलाई अभियान्ता बताउने  तारा बराल। अरूको न्यायको लागि भन्दै बेलगाम बरालिदै हिड्ने बराल पछिल्लो समय आफ्नै कारणले गर्दा घाईते बाघजस्तै रन्थनिन थालेकी छन्।

फेसबुकमा विभिन्न व्यक्तिहरूको नाम किट्दै खुला चुनौतिको भाषा प्रयोग गर्दै उनी बर्बराउन थालेकी हुन् ।

केही समय अघिमात्रै उनीबारे एक जना पूर्व  एआईजी र एक महिलासँगको लफडाबारे विभिन्न अनलाईनमा समाचारहरू आएका थिए । त्यसका विरुद्ध कानुनी उपचार खोज्नुको साटो फेसबुकले नै न्याय दिने जस्तो गरी त्यसैलाई माध्यम बनाएर लाईभमा यतिबेला बेलगाम बोल्दै हिडेकी छन् बराल ।

उनी साच्चै एउटा अभियान्ता हुन् भने उनले के बोल्न हुन्छ, के बोल्न हुदैन भन्ने कुराको ज्ञान हुनुपर्ने हो । तर त्यसैको ज्ञान नहुदा उनी आफू अप्ठयारोमा पर्न थालेकी छिन्।

अहिले उनलाई चरित्र हत्या लगाएत अन्य थुप्रै मुद्दा परेको भन्ने कुरा उनको आफ्नै कुराहरूबाट प्रष्ट हुन्छ । जसका कारण आफुलाई जोगाईदिन आग्रह गर्दै फेसबुकमा लाईभ आउदै हारगुहार गरिरहेकी छन् बराल।

 

उनी त अहिले आफुविरूद्ध मुद्वा हाल्नेहरूलाई आक्रोशित मुद्रामा तथानाम गाली गर्दै हिडिरहेकी छन्  । एउटा अभियान्ताको रूपमा आफुलाई चिनाउन चाहने मान्छेले आफुले गलत गरेको पाईए कानुनी सजाय भोग्न तयार छु भन्न सक्नुपर्ने हो । तर उनी आफुविरूद्व लाग्नेहरू सबैलाई फसाउन खोजेको भनेर एकोहोरो रटान लगाईरहेकी छन् । एउटाले षड्यन्त्र गरेको मान्ने हो भनेपनी सबैले त्यस्तो गर्छन् भन्ने हुनै सक्दैन।

अहिले बराल विरूद्व मुद्वामाथि मुद्वा थपिदै गएको कुराहरू बाहिर आएका छन्  जसलाई उनी आफैले बोलेको कुराहरूले पनि प्रष्ट पार्दछ । उनीहरू पक्कै कुनै न कुनै हिसाबबाट बरालबाट पिडित भएकै कारण नै कानुनी उपचारको बाटो खोज्न बाध्य भएका छन् । यसर्थ जसरी उनले आफुलाई दुधले धोएको जस्तो गरी चोखो छु भन्ने कुरा गर्दै आईरहेकी छन् त्यो केवल भ्रम हो भन्ने कुरा पछिल्ला घटनाक्रमहरूले पुष्टी गर्दछ।

कानुन सबैलाई बराबर हुन्छ, यसले न कथित् अभियन्ता चिन्छ, न नेता न त अरू नै । कानुन यसर्थ अन्धो हुन्छ कि उसले कसैलाई चिन्दैन । त्यसकारण आफुलाई कसैबाट अन्याय भएको पाईए कानुनी उपचार खोज्नु बाहेक अन्य विकल्प छैन भन्ने कुरा नबुझेको बताईन्छ।

हो मान्छेबाट गल्ति हुन्छ तर त्यसलाई सच्याउने या किनारा लगाउने पनि आफ्नै विधि हुन्छ, तरिका हुन्छ । तर सामाजिक सञ्जालमार्फत कसैलाई गाली गरेर आरोपित गरेर त आफु चोखो भईने त पक्कै होईन होला नी ।

नेपालीमा एउटा भनाई छ, ‘दुःख पाईस मङ्गले आफ्नै ढङ्गले’। हो उनका लागि यो उखान अहिले चरितार्थ भएको छ।

अहिले त कतिसम्म भने उनी आफ्नै कथित् अभियानमा जोडिएकाहरूबाट समेत सुरक्षित नभएको प्रष्ट हुदै गएको छ। आफ्ना नजिकका भनिएकाहरूबाट नै टाडिन पुगेकी छन् बराल । कुनै अमुक पार्टीको नाम जोड्दै बरालले हिजोका उनै सहयात्रीहरूलाई सञ्जालमा यसरी गाली गरिरहेकी छन् कि जुन कुरा सामान्य मानिसले पचाउन गाह्रो हुन्छ । उनीहरूबाट मुद्दा परेपछी बरालको निदहराम भएको छ । ती कुराहरूलाई आधार मान्ने हो भने त बरालमाथि निकै ठूलो संघीन आरोप लागेको छ ।

 

यद्वपि अहिले उनीहरूबीच हिलो छ्यापाछ्यापको स्थिती छ। उनीहरूबीचको वास्तविक दोषी त एक दिन पत्ता लाग्ने नै छ तर यसबाट एउटा कुरा चाहि प्रष्ट हुन्छ कि यसमा बरालको कुनै न कुनै हिसाबको कमजोरी पक्कै छ ।

जसरी उनले अरूलाई आफ्नो व्यक्तिगत मामलामा सरोकार राख्ने अधिकार नरहेको भन्दै अरू विरूद्व औला ठड्याईरहेकी छिन् त्यसरी नै उनीमाथि पनि त्यहि प्रश्न तेर्सिन्छ भन्ने कुरा उनले ख्याल गर्नुपर्ने हो । जसरी उनी अहिले एक युवतीको व्यक्तिगत मामलामा पसेर उनको अस्मितामाथि प्रश्न उठ्ने गरी नानाथरी लेख्दै र बोल्दै हिडिरहेकी छन् त्यसले आफ्नो पनि भलो हुदैन भन्ने कुराको उनले हेक्का राख्नुपर्ने हुन्छ । यदि उनीहरूबाट आफु पिडित महसुस भएको भए त उनले कानुनी उपचार खोज्नु पर्ने हो नी । तर उनी त सामाजिक सञ्जाल नै दुषित हुने गरी अरूमाथि विषवमन गर्दै आईरहेकी छन् ।

पछिल्लो समय उनको लोकप्रियताको ग्राफ तल झर्दै गएका कारण पनि उनी अहिले छटपटिएको हुन सक्ने कतिपय मानिसहरूले अड्कल काट्न थालेका छन् ।

आफ्नै सम्बन्ध स्वार्थका लागि पिडितको नाममा भ्रम छर्नाले पनि बरालप्रति मानिसहरूले विश्वास नै गर्न छाडेका छन् ।

धेरैले त मानवीय संवेदनाप्रतिको उनको निकृष्ट आचरणका कारण पनि उनलाई रुचाउन छाडेका छन् ।

शत्रु नै किन नहोस्, उनको दुःखमा आम मानिसको चरित्र सहानुभूति प्रकट गर्नु हुन्छ । यस्ता संवेदनाहिन र आचरणहिन महिलाले कस्तो समाज निर्माण गर्न खोजेकी हुन् भन्न गाह्रो छ ।

स्मरण रहोस केही वर्ष अघिदेखि चितवनको रामपुर कृषि क्याम्पसको खाली जग्गामा बनिरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य रोकिनुमा यिनी पनि कम जिम्मेवार छैनन्। जसको एकोहोरो हठ र जिद्दीका कारण यतिबेला निर्माण पूरा हुनुपर्ने रंगशाला अहिलेसम्म निर्माणको आधार कार्य पनि समापन हुन सकेन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0