<

आरके श्रीवास्तव,गरुडा,वैशाख १६ गते

जिल्ला हुलाक कार्यालय रौतहटले पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टम जडान गरेको छ । आज जिल्लाको दुर्गाभगवतीमा रहेको इलाका हुलाक कार्यालय मा नयाँ सहित होडेक्स जडान तथा गरुडा नगरपालिकामा रहेको इलाका हुलाक कार्यालय शिवनगरमा गोडेक्स जडान कार्य सम्पन्न भएको छ । यस उप्रान्त अब रौतहट जिल्लामा जिल्ला हुलाक कार्यालय, इलाका हुलाक कार्यालय चन्द्रपु, इलाका हुलाक कार्यालय तथा इलाका हुलाक कार्यालय शिवनगर बाट पि.आइ.टि.एस.( पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टम ) को प्रयोग हुने भएको जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख देवनाथ यादवले बताउनु भयो । यादवले भने,यो जडान भएछि तपाईं हामीले दर्ता गरेको पत्र धधध।नउय।नयख।लउ मा गएर पत्रको वर्तमान अवस्था कहाँ पुगेछ अनलाइन बाट हेर्न मिल्नेछ । हुलाक सेवा लाइ प्रविधिमैत्री बनाउन यो कार्यको थालनी गरिएको उनले बताए । गाउँघरमा हामीहरूलाई सानैदेखि हुलाकको सेवा गाउँघरमा पुगेको सम्झना छ । चिठीपत्र बोकेर गाउँ–गाउँमा हुलाकीहरू पुग्थे । हुलाक सेवामा काम गर्नेहरूलाई छुट्टै पोशाक हुने हुनाले टाढैबाट चिन्न सकिन्थ्यो । तर अहिले हुलाक सेवामा समयानुकूल परिवर्तन हुन नसकेको गुणासोहरु पनि आउन थालेको छ । त्यसैले हुलाक सेवा प्रभावकारी कसरी बनाउन सकिन्छ भने यतातर्फ पनि ध्यान दिन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0