<

आरके श्रीवास्तव,गरुडा,वैशाख १६ गते
नेपाली सेना वीर दल गण रौतहटले आयोजना गरेको स्वास्थ्य शिविर सयौंले निःशुल्क उपचार पाएका छन् । सो स्वास्थ्य शिविरमा ७ सय १४ जनाले निःशुल्क रुपमा उपचार पाएको नेपाली सेना वीर दल गण रौतहटका गणपति प्रमुख सेनानी गंगा बहादुर बिष्टले बताए ।
जिल्लाको उतरी भेगका चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित शिवशक्ती आधारभुत विधालय मोतिपुरमा सो स्वास्थ्य शिविर चलेको थियो । जसमा बिभिन्न रोगका बिरामीको निःशुल्क उपचार तथा आवश्यक औषधि बितरण गरिएको बिष्टले बताए ।


शिविरमा ५६ जना बालवालिका , ५९ महिला , २ सय ९६ आँखा रोगी र २ सय ३ जना जेनरल ओ।पि।डी। विरामी चेकजाँच गरिएको हो । शिविरको उदघाटन कार्यक्रमको अवसरमा नेपाली सेनाको २८ नम्बर वाहिनीपति सानू काजी थापा ,चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काप्ले , प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र ,रौतहट प्रहरी प्रमुख वीर बहादुर बुढामगर, सशस्त्र प्रहरी उपरीक्षक माधव घिमिरे ,राष्ट्रिय अनुषन्धानका प्रहरी प्रमुख चन्दन झा सहितका कार्यालय प्रमुख तथा स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको गणपति बिष्टले बताए ।


विहान ०७ बजे देखि शिविर सुरु भई सांझ ०५ बजे सम्म संञ्चालन भएको थियो । सो स्वास्थ्य शिविरमा चन्द्रपुर नगरपालिका , प्रादेशिक अस्पताल गौर , रेडक्रस सोसाइटी , औषधी व्यवसायी संघ, प्रभु बैक, ग्रामीण विकास केन्द्र सहितको सहयोग रहेको गणपति प्रमुख सेनानी विष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0