<

बज्जिकाञ्चल,गरुडा,वैशाख १३ गते
आर्थिक रुपमा बिपन्न बर्गको लागी सरकारले जनता अवास योजना लागु गरेको छ । तर सरकारी अदुरदर्शिताको कारण जनता आवास योजना उद्देश्य प्राप्तिभन्दा पनि बजेट खपाउने योजना साबित भइरहेको छ । मध्य तराईमा विगत ५ वर्ष आगाडिदेखि निर्धारण गरिएको बजेट रकमबाट भवन निर्माण गर्दा कमसल सामाग्रीले निर्माण भएका भवनबाट रौतहटका दलितहरु खुशीभन्दा पनि बढी दुःखी हुने गरेका छन् ।

यो कार्यक्रम लागु भएको मध्ये एउटा हो– रौतहटको देवाही गोनाही नगरपालिकाको कर्कच कर्मैया गाउँमा रहेको दलित वस्ती, यहाँका दलितहरुको गृहसुखको लागी जनता आवास योजना लागु गरिएको थियो । तर एक बर्ष अगाडि लागु भएको यो योजनाबाट दलीतहरुलाई गृहसुख भन्दा पनि घरमै च्यापिएर मर्ने डरले सताउने थालेको छ ।

तराईमा आउने हुरी बतासले छाना उडाउने र घरमै च्यापिने डरले दलितहरुलाई चिन्तीत बनाएको छ । यो बस्तीमा निर्माण भएका घरहरुमा प्रयोग गरिएको कमसल सामग्रीका कारण निर्माण भएको घरहरुको अवस्था जर्जर देखिन्छ । जनता अवास कार्यक्रमले विपन्न बर्गको जिवन उकास्नु भन्दा पनि कार्यालयको लागी बजेट खपाउने र नेताको लागी भोट कमाउने माध्यम मात्रै साबित भएको छ । शौचालय बिनाको आवास त्यसमा पनि कमसल सामाग्रीबाट भवनहरु निर्माण गरिएको कर्कच कर्मैया दलितहरुको गुनासो छ ।
मधेश प्रदेश सरकारको लगानी बालुवामा पानी ,जनता आवास कार्यक्रम भएको छ । प्रदेस सरकारको कर्मचारी र नेताका ठेक्दारले कर्कच कर्मैयामा निर्माण गराई रहेको ४७ वटा जनता अवास घरमा कमसल र दुई नम्बर ईटा बाट घर निर्माण गराई रहेकोले पिडित हरुले पत्रकार संग आफ्नो दुखेसो पोखेका छन् ।
मधेश प्रदेशका कर्मचारी र नेताका ठेकदारहरुले बल जबरजस्ती कमसल र दुई नम्बर ईटा प्रयोग गरिरहेकोले पिडित दलितहरुले बिरोध गर्दा उल्टै ठेकदारहरुले धम्काउने काम गरिरहेका छन् । कर्कच कर्मैयाका सरगुन हजराले भने तल जब मजबुती हुदैन भने माथी के मजबुती हुन्छ । ठेकदारले बल जबरजस्ती कमसल र दुई नम्बर ईटा धमाधम प्रयोग गराईरहेको गुनासो गरे । प्रदेश सरकारले जनता आवास कार्यक्रममा प्रति घर ३ लाख ३६ हजार रकम पठाएमा मधेश प्रदेश सरकारका कर्मचारी र नेताका ठेकदारहरु कमिशन खानको लागि कमसल समाग्री र दुई नम्बर ईटा प्रयोग गरिरहेकोले घर समेत कमजोर हुने छ । यता सो वडाका पूर्व वार्ड अध्यक्ष अनिल झाले काम कुनै किसिमको कमी कमजोरी नभएको प्रतिक्रिया दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0