<

 

हनुमत कु यादव ,रौतहट, १४ गते असोज ।

रौतहट जिल्लामा भारतबाट अबैध कुखुरा ल्याउदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरि नष्ट गरेको छ । जिल्लाको परोहा नगरपालिका वडा नं.८ स्थित मोतिपुर नरकटीयाको बाटो हुँदै नेपाल ल्याउदै गरेको अवस्थामा प्रहरी पक्राउ गरेको हो ।

आज प्रहरी चौकी मोतिपुर नरकटिया रौतहट बाट खटिएको प्रहरी गस्ती टोलीले गस्ति गर्दै जाने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय गौर रौतहटले जनाएको छ ।

भारतबाट अबैध रुपमा चोरि पैठारी गरी ल्याउदै गरेको १६ वटा कुखुरा बरामद गरी जनप्रतिनिधी, बुद्धिजिवी र संचारकर्मीहरु समेतको रोहबरमा आज जिल्ला प्रहरी कार्यालय रौतहटको प्राङगणमा अंदाजी ३५ के.जि. बराबरको बोईलर कुखुरा नष्ट गरीएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0