<

बज्जिकाञ्चल,असोज १२ गते ।
जनता समाजवादी पार्टी ९जसपा० नेपालको कर्णाली प्रदेश समिति पुनर्गठन भएको छ । शुक्रबार सुर्खेतमा आयोजित प्रदेशस्तरिय भेलाबाट देवीकृष्ण न्यौपानेको अध्यक्षतामा २७ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा रगबीर मिजार, कर्णबहादुर थापा, लाले कुमाल मुख्यसचिव गगनबहादुर सारु रहेका छन् । समितिको सचिवमा सन्तोषी विश्वकर्मा, माधवप्रसाद उपाध्याय र कृपाराम बस्नेत र कोषाध्यक्षमा रत्ना विक चयन भएका छन् ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् कर्णाली प्रदेशका इन्चार्ज प्रकाश अधिकारीको प्रमख आतिथ्यतामा सम्पन्न भेलाले सुर्खेत जिल्ला समन्वय समिति रुपान्तरण गरेको छ । जीतबहादुर नेपाली अध्यक्ष रहेको समितिका उपाध्यक्षमा गंगा देवकोटा, सचिव भक्तबहादुर थापा, उपसचिवमा गंगे कामी र गाइने कामी र कोषाध्यक्षमा अमृता विक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0