<

 

सागर संगम ठाकुर रौतहट असाेज ७ गते

रौतहटको गरुडामा प्रभु साह नेतृत्वको आम जनता पार्टी निकट आईटी आर्मीको गरुडा नगर भेला सम्पन्न भएको छ । शनिबार जिल्लाको गरुडा नगरपालिकाकाे गरुडामा अमिन्द्र यादवको अध्यक्षतामा आईटी आर्मीको ५१ सदस्यीय नगर कमिटी गठन गरिएको हो ।

आजपाका जिल्ला इन्चार्ज त्रिभुवन साह ‘अमर’, आईटी आर्मीका प्रदेश अध्यक्ष नरेश तुराहा, जिल्ला इन्चार्ज बालाशंकर कुशवाहा, जिल्ला नेता रविन्द्र यादव, रामशरण यादव लगायतका नेताहरुको राेहवरमा नगर कमिटी गठन गरिएको छ । आजपाले देशमा ‘बैकले मनोमानी ढंगले लिएको व्याज रकम फिर्ता गर्न संघर्ष गरौ,

आईटी आर्मीलाई आम जनताको सेवामा समर्पित गरौं’ भन्ने मूल नाराको साथ नगर भेला सम्पन्न गरिएको जिल्ला ईन्चार्ज साहले जानकारी दिनु भयो । साहले अहिलेकाे संबिधान गण्डा संबिधान भएकाले याे संबिधानलाई अन्तयष्टि गर्नु पर्ने बताउदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0