<

 

रौतहट, ६ असोज ।

सकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरको प्राङ्गणमा भएको साधारण सभाको संस्थाकी जेष्ठ सदस्य ९२ बर्षिय शिबमाया बस्नेतले उदघाटन गरेकी छिन ।

बार्षिक साधारण सभामा संस्थाका उपाध्यक्ष कृष्णचन्द्र पोखरेलले स्वागत मन्तब्य राखेका थिए । सो सहकारी संस्थाका अध्यक्ष बिभु पोखरेलले २०६५ सालमा १ सय ११ जना सदस्य बाट संकलित ३१ लाख १९ हजार १ सय रुपैया बाट सहकारी शुरु भएको र अहिले २०७९/२०८०को असार मसान्त सम्ममा ४ हजार ६४ जना शेयर सदस्य ६२ करोड ८० लाख ४ हजार ३ सयको शेयर पुजी ६३ करोड ४१ लाख ३७ हजार ८ सय ४२ को कुल सम्पति, ४० करोड ४३ लाख ८९ हजार ७ सुय ७ रुपैया, निक्षेप ५० करोड, ४५ लाख, ८१ हजार, ६ सय ४० ऋण लगानी १३ हजार ७ सय ६६, बचत खाता १ हजार ५६ जना ऋणी रहेको जानकारी दिएका छन ।

सहकारीको माध्यम बाट समाजको आर्थीक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्न मद्दत पुग्ने हुदा बढी भन्दा बढी मानिस सहकारीमा जोडिन समेत अध्यक्ष पोखरेलले आग्रह गरेका छन । उक्त सहकारी संस्थाका सचिब कुल बहादुर थापाको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका छन । सचिव थापाले संस्थामा महिला शेयर सदस्य २ हजार ९५ र पुरुष शेयर सदस्य १ हजार ९ सय ६९ रहेको जानकारी दिए ।

संस्थाको बिभिन्न उपसमिति, ऋण परिचालन, प्रबिधिक पुर्बाधार, तालिम तथा गोष्ठिमा सहभागिता, स्थापना दिबस, सामाजिक हित कोष, हजार हातमा खुत्रुके साथमा, बेहुली भेटघाट कार्यक्रम, लघुबित कार्यक्रम, सम्मान तथा पुरस्कार,

अबलोकन तथा तिर्थाटन भ्रमण, सदस्य शिक्षा कार्यक्रम, जन्म दिन मनाउने कार्यक्रम संचालन हुँदै आएको बताईएक छ । संकल्प सहकारी संस्थाका कोषाध्यक्ष बलराम गौतमले आर्थीक बर्ष २०७९/२०८० मा ८ करोड २२ लाख ८२ हजार ३ सय २५ रहेको र खुद आम्दानी १ करोड ५९ लाख ५० हजार ४ सय ९५ रहेको उल्लेख गरेका छन । कार्यक्रममा लेखा सुपरिबेक्षण समितिका गणेश पौडलले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सयौ शेयर सदस्यहरुले सहभागिता जनाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0