<

आरके श्रीवास्तव,रौतहट, असोज ०३ गते
गरुडा नगर उधोग वाणिज्य संघको नव निर्वाचित अध्यक्ष तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ । नव निर्वाचित अध्यक्ष एवं सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । गत भदौ १९ गते सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा सतिश साह निर्वाचित भएका थिए ।
निवर्तमान अध्यक्ष हरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा भएको सपथग्रहण कार्यक्रममा निर्वाचन समिती संयोजक एवं रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पंण्डित प्रसाद जयसवालले सपथ गराएका थिए ।
एक जना अध्यक्ष सहित १३ जना सदस्य पदका लागि भएको निर्वाचन साहले चार सय ८८ मत प्राप्त गरि निर्वाचित हुदाँ चौधरी १ सय ३९ मतान्तरले पराजित भएका थिए ।
कुल ९ सय ५२ जना मतदाता रहेको संघमा भएको मतदानमा ८ सय ४४ मत खसेको थियो । संघको सदस्यहरुमा रामबाबु साह तेलीले ४ सय ६, बिनोद साह बनियाले ३ सय ८०, सुशिल कुमार साहले ३ सय ७८, उपेन्द्र कुमार चौधरीले ३ सय ७३, चुनचुन प्रसाद यादवले ३ सय ६५, मनोज प्रसाद गुप्ताले ३ सय ५८, शिवजी प्रसाद चौधरीले ३ सय ५८ मत प्राप्त गरी सदस्य पदमा विजयी भएका थिए ।


त्यस्तै सदस्यहरुमा गजेन्द्र महतो कोइरीले ३ सय ५७, रामइश्वर साहले ३ सय ५५, छठुप्रसाद साहले ३ सय ५४, सुशिला देवीले ३ सय ५४, महाशक्ती साह निरालाले ३ सय ४५ र रमेश कुमार रौनियरले ३ सय ४४ मत प्राप्त गरि सदस्य पदमा विजयी भएका थिए ।
अध्यक्षमा विजयी उम्मेदवार सतिश साहको प्यानल बाट ७ जना सदस्य चौधरीको प्यानल बाट ६ जना सदस्य निर्वाचिन भएका थिए । सपथग्रहण पछि प्रतिक्रिया दिदै नव निर्वाचित अध्यक्ष साहले अबको केही दिनमै संघको पदाधिकारी चयनको प्रक्रिया अगाडी बढ्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0