<

आरके श्रीवास्तव,रौतहट,०३ गते असोज
संविधान दिवस २०८० को अवसरमा देशैभरीको कैदीहरूको कैद मिनहा हुने क्रममा रौतहट कारागारमा रहेका कैदी बन्दीहरूको कैद मिनहा गरिएको हो । हरेक वर्ष रिहा भए झैँ यस वर्ष पनि केही कैदी बन्दी छुटेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा बाँकि कैद मिनहा भएपछि उनीहरू छुटेका हुन् । रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी एवम् कारागार कार्यालय गौर रौतहटका प्रमुख मनिभूषण साहले दिएको जानकारी अनुसार रिहा हुने ८ जनाले ५० प्रतिशत कैद भुक्तान गरेका छन् भने २ जनाले ४० प्रतिशत कैद भुक्तान गरी छुटेका हुन् ।

प्रमुख साहका अनुसार जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ४ निवासी सवारी ज्यान मुद्दाका दिपेश प्रसाद साह , मौलापुर नगरपालिका ७ निवासी सवारी ज्यान मुद्दाका लालमोहर शर्मा,चन्द्रपुर नगरपालिका वडा नम्बर ३ निवासी
कर्तब्य ज्यान मुद्दाका राजन कुमार,चन्द्रपुर नगरपालिका वडा नम्बर ४ निवासी चोरी मुद्दाका दिपेश भन्ने खर्क बहादुर पीठाकोटे रहेका छन् ।

त्यस्तै चन्द्रपुर नगरपालिका वडा नम्बर ६ निवासी बहुविवाह मुद्दाका जीतबहादुर भुलन, बहु विवाह कबिता भन्ने पूर्णकुमारी फुयाँल , गा‌ैर नगरपालिका वडा नम्बर १ निवासी सवारी ज्यान मुद्दाका ओमप्रकार कुमार महतो भनिने सोनु कुमार महतो,
गौर नगरपालिका वडा नम्बर ९ निवासी डाँका मुद्दाका प्रेमशंकर यादव रहेका छन् ।
यसैगरी कुटपिट अङ्गभङ्ग मुद्दाका सर्लाही, बलरा ३ निवासी प्रदीप मिश्र र कर्तब्य ज्यान मुद्दाका महोत्तरी गाउँपालिका निवासी ५ की सुमित्रा देवी रिहा भएको साहले जानकारी गराए ।
गौर कारागारमा अहिले कैदीबन्दीहरुको विवरण पुरुष कैदीहरूको सङ्ख्या १८८ जना ,पुरुष थुनुवाको सङ्ख्या १७० जना,महिला कैदीहरुको सङ्ख्या १४ जना ,महिला थुनवाको सङ्ख्या ५ जना, आश्रित बालबालिका २ जना
छुट सङ्ख्या २ जना गरि जम्मा ३७९ जना जेल सजाय काटिरहेको कारागार प्रमुख साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0