<

 

काठमाडौ, २२ भदौ ।

एनआइसी एसिया डाइनामिक डेब्ट फन्डले आफ्ना इकाइधनीलाई नगद लाभांश वितरण गर्न सुरु गरेको छ ।

 

फन्डले बैंक खातामा नगद लाभांश पठाउन थालेको छ । यता, फन्डको योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ ।

 

यसका लागि इकाइधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ । यसैगरी, हालसम्म हितग्राही खाता नखोलेकाले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने एनआइसी एसिया क्यापिटलले जनाएको छ । आर्थिक वर्ष २०७९/८० को नाफाबाट फन्डले १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गरेको हो ।

 

यसका साथै फन्डको लाभांश पुनः लगानी योजनामा सहभागि हुन आवेदन दिएका सम्पूर्ण इकाइधनीहरुको थप इकाई सम्बन्धित इकाइधनीहरुको हितग्राही खातामा चाँडै जम्मा गरिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0