<

 

काठमाडौ, २२ भदौ ।

प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १४ लाख १६ हजार ७६३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । बैंकले यो सेयरको भाउ भने तोकेको छैन ।

यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (भदौ २२ गते) बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।

उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0