<
 आरके श्रीवास्तव,रौतहट,२१ गते भदौ रौतहट ।
मौलापुर मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७९/८० मा ६ करोड ३ लाख ६१ हजार ६ सय ०२ रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा कार्यालयले ५ करोड ६२ लाख १२ हजार ६ सय ४६ रुपैयाँ राजस्व संकलन गरेको थियो ।
गत वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा ४१ लाख ४८ हजार ९ सय ५६ रुपैयाँ बढी राजस्व संकल गरेको हो । कार्यालयले बेटी बचाउ तर्फ ५३ लाख ८४ हजार १ सय २१,रजिस्ट्रेशन तर्फ ३ करोड ७१ लाख ११ हजार ९४५,पुँजीकर तर्फ १ करोड ७ लाख २५ हजार ४ सय ४१ र सेवा शुल्क सहित ६ करोड भन्दा बढी राजस्व संलन गरेको कार्यालय प्रमुख बबुनन्दन साहले जानकारी गराउनु भयो ।
मालपोत कार्यालय मौलापुरले राजीनामा, अंशबण्डा, बकसपत्र, रोक्का लगायतका शीर्षकबाट साबिक १८ गाबिस हाल ६ पालिकाको केही क्षेत्रबाट ४ हजार ३ सय ४४ रजिस्ट्रेशन लिखत पारित भएको उनले जानकारी गराए । गत आ.व.२०७८/ ०७९ मा ५ हजार ३ सय २९ लिखत पारित भएको थियो । जग्गा वर्गीकरण नहुँदा लिखत पारित गराउनेको संख्या आर्थिक वर्ष २०७९÷८० मा घटेको उनको भनाइ छ ।
मालपोत कार्यालय मौलापुर अन्तर्गत मौलापुर नगरपालिका,बौधीमाइ नगरपालिकाको पुरै भाग पर्दछ भने कटहरिया नगरपालिका, देवाहीगोनाही नगरपालिका,फतुवा बिजयपुर नगरपालिका,परोहा नगरपालिकाको केही भाग पर्दछ । आव २०७९/८० मा महिला,दलित,जनजाती,सहिद परिवार गरी लक्षित वर्गका लागि १ करोड ३२ लाख ६५ हजार रुपैयाँ राजस्व छुट गरिएको छ । त्यस्तै कार्यालयमा मुद्धा ६ सय १३ वटा मुद्धा रहेकोमा ४ सय २७ वटा फर्छयौट भएको प्रमुख साहले बताउनु भयो । १ सय ८३ वटा मुद्धा फर्छयौट गर्न बाँकी रहेको उनको भनाइ छ । गत आ.व.२०७८/ ०७९ मा ८२४ वटा मुद्धा रहेकोमा ६६८ वटा मुद्धा फर्छयौट भएको थियो । मुद्धाहरुमा संशोधन,दाखिल खारेज,हकसफी,नामसारी लगायतका रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0