<

 

 ओम प्रकाश यादव भदौ २० गते, रौतहट ।

रौतहटका विभिन्न राजनीतिजक दलका नेताहरुले पुर्ब प्रधानमन्त्री माधव कुमार नेपाल संग बिहिबार भेटघाट गरेका छन । बर्सौदेखी बन्द रहेको श्रीराम सुगर मिल्स गरुडा संचालन गराउनु पर्ने माग रख्दै उखु उत्पादक संघ रौतहटको नेतृत्वमा जिल्लाका नेताहरुले आज बिहिबार काठमाडौं स्थित नेकपा एकिकृत समाजवादि पार्टीको कार्यालयमा नेता माधब कुमार नेपालसंग भेटबार्ता गरेका छन ।

भेटघाटमा नेताहरुले बन्द रहेको श्रीराम सुगर मिल्स सुचारु गराउन पहलकदमि लिन नेता नेपाललाई आग्रह गरेका छन । जवाफमा नेता नेपालले बन्द मिल्स सुचारु गराउन आफू कुनै कसर बाकी न राख्ने बताएको भेट्मा सहभागी जनता समाजबादि पार्टीका नेता राज कुमार दासले जान्कारी दिएका छन ।

गरुडा चिनि मिल्स सुचारु गराउन आफुले उधोग मन्त्री देखि लिएर प्रधानमन्त्री प्रचण्डसंग समेत कुरा गर्ने र मिल्स चाडै संचालन गराउने बाताबरण बनाउने नेता माधव नेपालले आश्वासन दिएको भेटघाटमा सह्भागी अर्का उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए । नेपाली कांग्रेसका रौतहत जिल्ला सभापति सुनील कुमार यादव जितेन्द्र, पूर्व माननिय कल्याणी खड़का , नेकपा एसका नेता अशोक प्रसाद यादव, अनिल कुमार यादव नेकपा एसका बृज किशोर यादव, जस्पा नेता राजकुमार दास, नेकपा एसका नेता रेवंत झा, रअरुण यादवले नेता नेपालसंग भेटघाट गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0