<

 

कराँची, १० भदौं ।

पाकिस्तान भ्यान दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

 

पाकिस्तानकाको मनसेरामा यात्रुबाहक भ्यान अनियन्त्रित भई खाडलमा खस्दा दुई महिलासहित छ जनाको मृत्यु भएको हो ।

 

प्रहरीका अनुसार सो दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् भने उनीहरुको उपचार भईरहेको छ ।

 

मिडिया रिपोर्टका अनुसार मानसेराका जिल्ला आपतकालीन अधिकारीले भ्यान बट्टग्रामबाट मानसेरातर्फ गइरहेको अवस्थामा दुर्घटना भएको बताए । सो क्रममा चालकले गाडीको नियन्त्रण गुमाए पछि भ्यान खाडलमा खसेको थियो ।

 

सो भ्यानमा १३ जना सवार रहेको उनले बताए । दुर्घटना लगत्तै उद्धार टोलीले घटनास्थलमा पुगेर शव र घाइतेलाई खाल्डोबाट बाहिर निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0